Butwal Today

फिलिपिन्समा भारी वर्षाका कारण १९ जनाको मृत्यु

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

मनिला । उष्णकटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिणपश्चिमी क्षेत्रमा मनसुनका कारण भएको भारी वर्षाले १९ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । फिलिपिन्स सरकारले मंगलबार जनाएअनुसार चार जना अझै बेपत्ता छन् ।

फिलिपिन्स राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी) का अनुसार भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मानवीय क्षति भएको हो ।

एनडिआरआरएमसीका अनुसार बेङ्गुएट प्रान्तमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ । रिजालमा चार तथा बटाङ्गासमा तीन जनाको मृत्यु भएको छ ।

देशका ११ वटा क्षेत्रका करिब २२ लाख ७० हजार मानिस प्रभावित भएको एनडिआरआरएमसीले जनाएको छ । करिब ९५ हजार मानिसलाई सुरक्षित आश्रय दिन ९०० भन्दा बढी सहयोग केन्द्र स्थापना गरिएको छ ।

एनडिआरआरएमसीका अनुसार फिलिपिन्स सरकारले प्रभावितलाई सात करोड ३० लाखभन्दा बढीको सहयोग प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?