Butwal Today

श्रीलङ्काको जेलमा पुनः हिंसा दुई कैदीको मृत्यु

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

कोलम्बो ।

श्रीलङ्काको कुरुविता जेलमा पुनः शुक्रबार कैदीहरूबीच भएको हिंसात्मक झडपमा दुई कैदीको मृत्यु भएको छ भने १५ अन्य घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार पछिल्ला २४ घण्टामा जेलमा हिंसाको यो दोस्रो घटना हो ।

यसअघि कोलम्बोको मुख्य हिरासत परिसरमा पनि झडप भएको र यसमा एक कैदीको मृत्यु र ११ जना घाइते भएका थिए ।

न्यायमन्त्री हर्षना नानायक्काराले बताए अनुसार कुरुविता जेलमा मादक पदार्थको एक प्याकेट पक्राउ परेको र यसमा संलग्न भएको आशङ्कामा एक आरोपितको गिरफ्तारीपछि तनाव बढेको थियो ।

दुवै जेलमा सेना तैनाथ गरेर स्थिति नियन्त्रणमा लिइएको छ । पछिल्ला हप्ताहरूमा श्रीलङ्काका धेरै जेलहरूमा हिंसा भएको छ । मानव अधिकार सङ्गठनहरूको भनाइ छ कि जेलहरूमा अत्यधिक भीडभाड यस्ता घटनाहरूको प्रमुख कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?