Butwal Today

मल किन्न जाँदा थुनिएका सर्लाहीका दुई किसानलाई रिहा गर्न आदेश

२० श्रावण २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

मल खरिद गर्न भारत गएका क्रममा पक्राउ परेका सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा रिहा गर्न भारतीय अदालतले आदेश दिएको छ ।

बुधबार अदालतले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए ।

यद्यपि, आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनीहरू बिहीबार मात्र रिहा हुनेछन् । अविनाशले भने, “अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । भारतका आधार कार्ड भएका दुई जना साक्षी बसेपछि भोलि उहाँहरू छुट्नुहुन्छ ।”

सुरेशप्रसाद र नागेन्द्रप्रसादलाई गत १७ असारमा भारतको सीतामढी जिल्लास्थित सोनबर्षाबाट पक्राउ गरिएको थियो । त्यसको भोलिपल्ट, १८ असारमा उनीहरूलाई जेल चलान गरिएको थियो ।

उनीहरूको रिहाइको माग गर्दै दर्ता भएको निवेदनमाथि १५ साउनमा सुनुवाइ हुने तय भए पनि न्यायाधीश बिदामा रहेका कारण सुनुवाइ स्थगित भएको थियो । बुधबार मात्रै उक्त निवेदनमाथि सुनुवाइ भएपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरूलाई डिएपी र युरिया मल लिएर नेपाल फर्कंदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?