Butwal Today

पूर्व विद्यार्थी समाजको प्रथम अधिवेशनबाट अध्यक्षमा खनाल निर्वाचित

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

बुटवल । बुटवल कालिका क्याम्पस भूतपूर्व विद्यार्थी समाजको प्रथम साधारणसभा तथा अधिवेशनले पुरुषोत्तम खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष विशाल के.सी, सचिव गणेश गाहा, कोषाध्यक्ष स्वेता गुप्ता तथा सदस्यहरूमा सुमन बि।क।, मनिराज गौतम, पूजा बस्नेत र अस्मिता अधिकारी चयन भएका छन्। एक सदस्य पछि मनोनयनमार्फत चयन गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले भूतपूर्व विद्यार्थी समाजको गठनले क्याम्पस र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। क्याम्पस प्रमुख पाठकले भूतपूर्व विद्यार्थी समाजले सुरुदेखि नै कालिका क्याम्पसको विकास र प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि क्याम्पसको शैक्षिक तथा संस्थागत विकासमा समाजको सक्रिय सहकार्य रहने अपेक्षा व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम खनालले कालिका क्याम्पसको शैक्षिक, सामाजिक तथा संस्थागत विकासका हरेक अभियानमा भूतपूर्व विद्यार्थी समाजको सक्रिय साथ, सहयोग र सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्याम्पसको समग्र उन्नतिका लागि सबै भूतपूर्व विद्यार्थीलाई एकताबद्ध भएर सहकार्य गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम पाठक तथा सहायक क्याम्पस प्रमुख महेश घिमिरे लगाएत क्याम्पसका पदाधिकारी, भूतपूर्व विद्यार्थी तथा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन भूतपूर्व विद्यार्थी समाजका संयोजक जीवन परियारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?