Butwal Today

जनमत पार्टीका केन्द्रीय सदस्य असरफ अली चुरीहार कांग्रेसमा प्रवेश

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

नवलपरासी । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य असरफ अली चुरीहार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीलाई काठमाडौंमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

असरफ अली चुरीहार नवलपरासी क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘ख’ का उम्मेदवारसमेत रहेका थिए। जनमत पार्टीबाट राजनीति गर्दै आएका उनलाई कांग्रेसमा स्वागत गरिएको नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव उमेशचन्द्र यादवले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?