Butwal Today

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, मुलुकको शान्ति–सुरक्षाको अवस्थाबारे छलफल

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेल सँग शीतल निवासमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार करिब १५ मिनेटसम्म चलेको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक अवस्थाका साथै विशेषगरी तराई–मधेस क्षेत्रमा देखिएका समस्याबारे छलफल भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री शाहले सरकार देशको पछिल्लो परिस्थितिप्रति गम्भीर रहेको र समस्याको समाधानका लागि निरन्तर प्रयासरत रहेको जानकारी गराएका थिए। उनले राष्ट्रपतिलाई समस्या समाधानतर्फ सरकार सक्रिय रहेको भन्दै अनावश्यक चिन्ता नगर्न आग्रह गरेका थिए।

जवाफमा राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारलाई थप सचेत भएर अघि बढ्न सुझाव दिएका छन्। उनले पछिल्लो समय परिस्थिति गम्भीर बन्दै गएको उल्लेख गर्दै सबै राजनीतिक दलसँग परामर्श गरी सर्वदलीय संवादमार्फत समाधान खोज्न उपयुक्त हुने धारणा राखेका थिए। भेटवार्तामा मुलुकको शान्ति–सुरक्षाको अवस्थाबारे समेत संक्षिप्त छलफल भएको शीतल निवास स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?