Butwal Today

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

पाल्पा । 

पूर्वखोला गाउँपालिका–स्थित तामाखानी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार दिउँसो भएको दुर्घटनामा पूर्वखोला गाउँपालिका सामुङ्गाका २८ वर्षीय दिशम सारुले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जौब्गादीबाट टोली घटनास्थलमा परिचालन गरिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?