Butwal Today

कालिगण्डकी किनारमा बेवारिसे शव फेला, अनुसन्धान जारी

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । 

पाल्पाको बगनासकाली गाउँपालिका–यम्घास्थित कालिगण्डकी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ ।

शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शवको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीले शवको सनाखत तथा मृत्युको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?