Butwal Today

कांग्रेसमा एकताको सम्भावना सकियो, देउवा समूहले राष्ट्रिय भेला बोलाउने

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र एकताको सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको छ।

शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले संस्थापन पक्ष एकताका लागि लचिलो नदेखिएको भन्दै अब एकता कायम रहने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्ष निकालेको नेता मिन विश्वकर्माले जानकारी दिए। बैठकमा पूर्णबहादुर खड्का, डा. शशांक कोइरालालगायत नेताहरूले संस्थापन पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए।

संस्थापन पक्ष समूहले अबको रणनीति तय गर्न साउन मसान्तभित्र राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। भेलाको मिति साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा घोषणा गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?