Butwal Today

विश्वकप फुटबल २०२६: अर्जेन्टिनाद्वारा इङ्गल्यान्ड पराजित, फाइनलमा स्पेनसँग भिड्ने

३२ असार २०८३, बिहीबार
अ+
अ-

बर्दघाट । जारी फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्गल्यान्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

पहिलो गोल खाएपछि दबाबमा परेको अर्जेन्टिना दोस्रो हाफको उत्तरार्धमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । खेलको ५५औँ मिनेटमा इङ्गल्यान्डका एन्थोनी गोर्डोनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उक्त अग्रता ८५औँ मिनेटसम्म कायम रह्यो ।

८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए । त्यसपछि इन्जुरी समयमा लियोनेल मेसीको उत्कृष्ट पासमा लाउटारो मार्टिनेजले हेडमार्फत विजयी गोल गर्दै अर्जेन्टिनाको फाइनल यात्रा सुनिश्चित गरे ।

यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । अर्जेन्टिनाले सन् २०२२ मा फ्रान्सलाई पराजित गर्दै विश्व च्याम्पियन बनेको थियो । अब उपाधिका लागि उसले फाइनलमा स्पेनको सामना गर्नेछ ।

यसअघि पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?