© 2026
बर्दघाट । १६ वर्षपछि स्पेनले विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो ।अमेरिकाको टेक्सासमा सम्पन्न खेलमा स्पेनको जितमा माइकल ओयारजाबाल र पेड्रो पोरोले एक–एक गोल गरे ।
खेलको २२औँ मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएको थियो । फ्रान्सका एक खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि प्राप्त अवसरलाई ओयारजाबालले सदुपयोग गर्दै गोल गरेका थिए ।
पहिलो हाफमा एक गोलले पछि परेको फ्रान्स दोस्रो हाफमा पनि खेलमा फर्किन सकेन । खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आएको स्पेन १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुगेको हो । यसअघि स्पेनले सन् २०१० मा जर्मनीलाई १–० ले पराजित गर्दै पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको थियो ।
अब स्पेनले दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।