Butwal Today

विश्वकप फुटवल २०२६: फ्रान्स सेमीफाइनलमा, रोकियो मोरक्कोको विश्वकप यात्रा

२६ असार २०८३, शुक्रबार
अ+
अ-

बर्दघाट । जारी विश्वकपको पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स सेमीफाइनलमा प्रवेश गरेको छ । विश्वकप इतिहासमा फ्रान्स आठौँ पटक सेमीफाइनलमा पुगेको हो ।

अमेरिकाको बोस्टोनमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ६०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले दोस्रो गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरेका थिए ।

सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको फ्रान्सले २८औँ मिनेटमा पाएको पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेन । कप्तान एम्बाप्पेको प्रहारलाई मोरक्काका गोलकिपर यासिन बोनोउले उत्कृष्ट बचाउ गरेका थिए ।

मोरक्कोविरुद्ध गरेको एक गोलसँगै एम्बाप्पे गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले हालसम्म ८ गोल र ३ असिस्ट गरेका छन् भने अर्जेन्टिनाका लियोनेल मेसी ८ गोल र १ असिस्टसहित दोस्रो स्थानमा छन् । मोरक्कोविरुद्धको गोलसँगै एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या २० पुगेको छ ।

अब सेमीफाइनलमा फ्रान्सले बेल्जियम र स्पेनबीचको क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?