© 2026
झेजियांग (चीन) । यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियांगले बुधबार टाइफुन आपत्कालीन चेतावनी जारी गरेको छ ।
प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटको नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने डुङ्गाहरू सुरक्षित गर्न, समुद्री मार्गहरू निलम्बन गर्न र समुद्री पर्यटन स्थलहरू बन्द गर्न पूर्ण तयारी गर्न आग्रह गरेको छ ।
झेजियांग मौसम विज्ञान सेवाका अनुसार बावी आँधी बुधबार बिहान आठ बजे ताइवानबाट करिब एक हजार ५८० किलोमिटर दक्षिण पूर्वमा पानी माथि अवस्थित थियो ।
आधी बुधवार राति बिस्तारै उत्तर–पश्चिमतिर फर्कनु अघि करिब १५ देखि २० किलोमिटर प्रति घण्टाको गतिमा पश्चिमतर्फ बढ्ने पूर्वानुमान गरिएको छ ।