© 2026
बर्दघाट । १६ वर्षपछि स्पेन विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालासस्थित स्टेडियममा भएको प्रि–क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
जारी विश्वकपमा स्पेनले अहिलेसम्म एक गोल पनि नखाई क्वार्टरफाइनल यात्रा तय गरेको छ ।
स्पेनको जितमा दोस्रो हाफको अतिरिक्त समयमा फेरोन टोरेसको पासमा मिकेल मिरेनोले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि अतिरिक्त समयमा स्पेनले गोल गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो ।
यस हारसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल यात्रा पनि समाप्त भएको छ । रोनाल्डोले जारी विश्वकप नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने घोषणा यसअघि नै गरेका थिए ।
अब क्वार्टरफाइनलमा स्पेनले अमेरिका र बेल्जियमबिच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।