© 2026
काबुल । पाकिस्तानको नजरबन्द बाट रिहा भएका १४७ जना अफगान नागरिकहरु स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
मन्त्रालयका अनुसार फर्केका मध्ये १२५ जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने २२ जना स्पिन बोल्डक सिमा हुँदै प्रवेश गरेका आएका थिए ।
पाकिस्तानमा कानुन बमोजिम कागजात नभएको र आवास अनुमति सकिएको कारण ती व्यक्तिहरूलाई हिरासतमा लिइएको मन्त्रालयले जनाएको छ । उनीहरू फर्किएसँगै आवाश्यक मानवीय सहायता प्राप्त उनीहरूको गृह प्रान्तमा लगिएको थियो जनाइएको छ ।