Butwal Today

पूर्वअर्थमन्त्री पौडेललाई न्यायिक हिरासतमा राख्न ७ दिन म्याद थप

९ असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई ७ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।  उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?