Butwal Today

मन्थली नगरको बजेट १ अर्ब ३ करोड २० लाख

८ असार २०८३, सोमबार
अ+
अ-
मन्थली (रामेछाप) ।  मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेका छन् ।
नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगततर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ । उक्त रकम गतवर्षको तुलनामा रु एक करोड ४५ लाख ४९ हजार कम रहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताइ ।
उनले भने, “चालु आवमा नगरको आन्तरिक आम्दानी घटेका कारण गत वर्षको तुलनामा केही बजेट विनियोजन कम हुन गएको हो ।” नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभाले आगामी आव २०८३र८४ को नीति तथा कार्यक्रम र  पूँजीगत र चालु बजेटका साथै चालु आवको र पुँजीगत र चालुअन्तर्गत खर्च भएको बजेटको अनुमोदन गरेको छ ।
नगरसभा ‘शिक्षित, स्वस्थ र व्यावसायिक सहर: उत्थानशील र समृद्ध मन्थली नगर’ भन्ने मूल नाराका साथ आज सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?