© 2026
पाल्पा ।
काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
शस्त्र प्रहरीसहित स्थानीयको टोलीले टिपुवा घाटबाट पूजन गाहाको शव फेला पारेको हो । वगनासकाली गाउँपालिकाको सिखरडाडा घर भएका २४ वर्षीय पूजन गाहा र १४ वर्षीय शिशिर गाहा उक्त नदिको मन्द्रान घाटबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
शिशिर गाहाको सोही स्थानमा शुक्रवार बेलुका शव भेटिएको थियो भने पूजन गाहाको आइतबार बेलुका टिपुवा घाटमा शव फेला परेका हो ।
नदीमा पानी धमिलो भएका कारण खोजतलासमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भिमलाल भट्टले बताए ।
काली गण्डकी नदीमा युवाहरू पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ ।