© 2026
काठमान्डौँ ।
ऊनको स्वीटर’ राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत उत्कृष्ट चलचित्र घोषित भएको छ । यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट सम्मान प्राप्त गर्दै नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको हो ।
शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
निर्देशक नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ मा कलाकार विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निर्वाह गरेका छन् ।
सामाजिक यथार्थ र मानवीय संवेदनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै चलचित्रलाई उत्कृष्ट चलचित्रको सम्मान प्रदान गरिएको हो ।