© 2026
पाल्पा ।
बगनासकाली गाउँपालिका ६ मन्द्राङस्थित कालिगण्डकी नदिमा बेपत्ता भएका शिखरडाडाँका १४ वर्षीय शिशिर गाहाको शव फेला परेको छ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका उनको शव शुक्रबार फेला परेको हो ।
उनको सोही स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
बिहीबार साँझ नुहाउने क्रममा गहासँगै सोही ठाउँका २४ वर्षीय पूजन गाहा पनि बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।