Butwal Today

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ८४ हजार राजस्व सङ्कलन

२३ जेष्ठ २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९३, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो ।

यसै गरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२५ जनालाई कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?