Butwal Today

कोष वृद्धि अभियान अन्तर्गत आयोजित भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक

१७ जेष्ठ २०८३, आइतबार
अ+
अ-

दोहा (कतार)  । नेपाली महिला समाज, कतारले संस्थाको कोष वृद्धि अभियानअन्तर्गत सञ्चालन गरेको “भाग्यशाली चिट्ठा” कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। समाजले एक विशेष कार्यक्रममार्फत भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक गरेको हो।

भाग्यशाली चिठ्ठाको सार्वजनिक नतिजा अनुसार प्रथम पुरस्कार स्वरूप रहेको ८ ग्राम सुन चिट्ठा नम्बर २९१५ मार्फत रोल्पाली सेवा समाज कतारले प्राप्त गरेको छ।

त्यसै गरी द्वितीय पुरस्कार ५२ इन्च टेलिभिजन चिट्ठा नम्बर १३६४ की दिया सिंहले जितेकी छन् भने तृतीय पुरस्कार स्मार्टफोन चिट्ठा नम्बर २६७ का विजय ठकुरीले हात पारेका छन्।

यस्तै, सान्त्वना पुरस्कारअन्तर्गत प्रदान गरिएका पाँच थान कप क्रमशः अनिता लक्सम्बा (चिट्ठा नं. २५३), विनोद गोले तामाङ (२४०४), शेरेना आचार्य (१९६५), विकास श्रेष्ठ (२५४४) र सरिता भण्डारी (१०२६) ले प्राप्त गरेका छन्।

समाजकी महिला संरक्षक अमिना खानले आफ्नो मन्तव्य बोल्दै समाजले विभिन्न सामाजिक, सांस्कृतिक तथा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत व्यवस्थापन तथा कोष वृद्धि गर्ने उद्देश्यले भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरेको उल्लेख गरिन ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजकी अध्यक्ष माया केसीले भाग्यशाली चिट्ठा कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, सङ्घसंस्था र शुभेच्छुकप्रति आभार व्यक्त गरिन्। समाजले आगामी दिनमा पनि नेपाली समुदाय, विशेष गरी महिला अधिकार, क्षमता विकास तथा सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिने बताइन्।

संस्थाको कोषलाई थप मजबुत बनाउन र समाजका विविध सामाजिक कार्यलाई अझ  निरन्तरता दिन आयोजित यस अभियानलाई
सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समुदायको साथ, सहयोगको  अपेक्षा  सहित केसीले धन्यवाद व्यक्त गरिन ।”नेपाली महिला समाज कतारमा रहेका नेपाली महिलाहरूको हक, हित र एकताका लागि स्थापित सामाजिक संस्था हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?