Butwal Today

भारतको बिहारमा डुङ्गा दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता

१४ जेष्ठ २०८३, बिहीबार
अ+
अ-
नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो ।
राजधानी पटना नजिकै गङ्गा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएको छ। दुर्घटनाग्रस्त डुङ्गामा करिब १५ जना सवार थिए, जसमध्ये ७ जनालाई सकुशल उद्धार गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश पीडित महिला रहेका छन् । उनीहरू तरकारी लिन नदी पार गर्दै थिए । प्रहरीका अनुसार नदीको बिच भागमा पुगेपछि अचानक आएको तीव्र हावाहुरीका कारण डुङ्गा पल्टिएको हो ।
बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?