Butwal Today

पाकिस्तानमा झडप, १२ जनाको मृत्यु

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

पाकिस्तान ।

पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा ५ जना सैनिक र ७ जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् ।

आतङ्कवादीहरूले विस्फोटक उपकरण सैनिकहरूको समुह नजिकै विस्फोट गरे पछि उनीहरुसँग झडप भएको अधिकारीहरुले बताएका छन् । एक वरिष्ठ अधिकारीलाइ उदृत गर्दै एएफपिले झडपमा ५ जना सैनिकहरु मारिएको र अर्का १ जना सैनिक गम्भीर घाइते भएको बताएको छ । अपरेशनको क्रममा, आतङ्ककारीहरूको एउटा समूह फेला परे पछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ । गोली हानाहानका क्रममा सात जना आतङ्कवादी मारिएको सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा प्रान्तको सबै भन्दा सक्रिय तथा उग्र पृथकतावादी समूह बलूच लिबरेसन आर्मी  (बिएलए) ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ ।

संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन घोषणा गरेको उक्त समूहले आक्रमण र आत्मघाती बम विस्फोट गर्दा सैन्य प्रतिष्ठानहरू साथै प्रहरी र नागरिक प्रशासनका अधिकारीहरूलाई लक्षित गरेको बताएको छ ।

हालैका वर्षहरूमा बीएलएले यस क्षेत्रमा काम गर्ने अन्य प्रान्तका पाकिस्तानीहरू साथै विदेशी ऊर्जा कम्पनीहरू माथि आक्रमण बढाएको जनाइएको छ ।

गत वर्ष यो समुहले ४५० जना यात्रु बोकेको रेलमा आक्रमण गरे पछि उनीहरु विरुद्धको अपरेसन सुरु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?