Butwal Today

ट्रकमा सुतेकै अवस्थामा भारतीय युवक मृत फेला

३० बैशाख २०८३, बुधबार
अ+
अ-

भैरहवा । 

सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा एक भारतीय युवक ट्रकमा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृतक भारतको महाराजगन्ज जिल्ला लखिमाका १८ वर्षीय रियाज खान रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार अर्घाखाँची सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी भारततर्फ जाँदै गरेको युपी ५३ जिटी २८५१ नम्बरको ट्रकमा मङ्गलवार राति खाना खाएर सुतेका रियाज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे राति करिब १०ः३० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरीको विशेषज्ञ टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?