Butwal Today

अभियन्ता डा वादी प्रहरी नियन्त्रणमा

३० बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । प्रहरीले वादी अभियन्ता डा रोशनी वादीलाई नियन्त्रणमा लिएको छ ।

आज सर्वोच्च अदालतको इजलासमा हुल हुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए  ।

उनले भने, “इजलासमा हुल हुज्जत गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।”

सर्वोच्च अदालतमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै डा रोशनीले सर्वोच्चमा रिट दायर गरेकी  थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?