Butwal Today

पाकिस्तानमा ३ महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए:  राष्ट्रसङ्घ

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काबुल ।  चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तीमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किए पछि इस्लामाबाद र काबुल बिचको सम्बन्ध बिग्रिएको जनाइएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्ष मन्त्रीले खुला युद्धको घोषणा गरेका थिए ।

इस्लामावादले अफगान तालिबान सरकारलाई आतङ्ककारीहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।

अफगान अधिकारीहरूले पाकिस्तानले शत्रु समूहहरूलाई शरण दिएको र आफ्नो सार्वभौमसत्तालाई सम्मान नगरेको आरोपलाई अस्वीकार गरेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले सन् २०२६ जनवरी –१ र मार्च  ३१ को बिचमा, अफगानिस्तानको सुरक्षा बल र पाकिस्तानी सैन्य बलहरू बिच भएको सीमा पार सशस्त्र हिंसामा ३७२ जना नागरिकहरूको मृत्यु हुनुका साथै ३९७ घाइते भएको जनाएको छ ।

रिपोर्टको लिखित जवाफमा इस्लामाबादले यस वर्षको सुरु देखि १३० जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादका लागि काबुलका शीर्ष दूतलाई बोलाएर सप्ताहन्तमा १५ जनाको ज्यान गएको बताएको थियो जसमा अधिकांश प्रहरी अधिकारीहरू थिए ।

अफगानिस्तान र पाकिस्तान बिच लामो समयदेखि चलिरहेको सीमा पार झडप गत वर्षको अक्टोबरमा झनै चर्किएको थियो, जसमा दर्जनौँको मृत्यु भएको थियो ।   पछिल्लो तीन महिनाको आँकडा सन् २०११ देखि युएनएएमएद्वारा रेकर्ड गरिएको अवधिको  सङ्ख्यामा सबै भन्दा बढी हो ।

रिपोर्टका अनुसार जनवरी १ देखि मार्च ३१ सम्म अफगानिस्तानमा १३ महिला, ४६ बालबालिका र ३१३ पुरुष मारिएका थिए ।

हताहतको प्रमुख कारण हवाई आक्रमण भएको भन्दै राष्ट्रसङ्घले अन्य हाताहात सीमा पार गोलीबारीबाट भएको उल्लेख गर्दै एक जना अधिकार कर्मीको समेत मृत्यु भएको जनाएको छ ।

तालिबान सरकारले उक्त घटनामा ४०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । प्रतिवेदनमा समावेश गरिएको लिखित प्रतिक्रियामा पाकिस्तानले अस्पताल, लागुऔषध पुनः स्थापना केन्द्र वा नागरिक सुविधालाई लक्षित नगरी कारबाही आतङ्कवादी र सैन्य पूर्वाधारविरुद्ध मात्र निर्देशित भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मिसनले अफगान अधिकारीहरूलाई अस्पतालका भएको आक्रमणमा बेपत्ता भएका व्यक्तिहरूको रेकर्ड सङ्कलन गर्न र उनीहरूका आफन्तहरूलाई खोजीमा सहयोग गर्न आग्रह गरेको छ ।

युएनएएमएले लडाकु पक्षहरूलाई स्वास्थ्य सुविधाहरूलाई लक्षित गर्न आवासीय क्षेत्रमा विस्फोट गर्नबाट टाढा रही अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गरेको छ ।

बेइजिङका अनुसार अप्रिलको सुरुमा चीनमा भएको वार्ता पछि पाकिस्तान र अफगानिस्तानले तनावबाट बच्न प्रतिबद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?