Butwal Today

संसदीय समितिका सभापति र सभामुखबिच भेट

७ बैशाख २०८३, सोमबार
अ+
अ-
काठमाडौँ ।  संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले आज  सभामुख डोलप्रसाद अर्याललाई भेट गरेका छन् । सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिए ।
दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले सङ्घीय संसद् सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको बताए । समिति सभापतिहरूले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पुराना असल अभ्यासलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात् गर्दै समितिका गतिविधि अघि बढाउने बताए । यस अवसरमा प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ वटा समितिका सभापतिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?