Butwal Today

गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने धेरै

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

गुल्मी ।

गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या धेरै रहेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रवारसम्म जिल्ला प्रशासन कार्यालयबाट १३७ जनाले नयाँ नागरिकता बनाउँदा १५७ जनाले प्रतिलिपि लिएका छन् ।

नागरिकताको माया नगर्ने र जथाभाबी फ्याँक्ने गरेका कारण पनि प्रतिलिपि लिनेको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने गैरेले बताए । यस्तै राष्ट्रिय परिचयपत्र बनाउँदा र बैङ्कमा खाता खोल्दा पहिले भएका केही कमीकमजोरीहरू फेला पर्ने भएकाले पनि प्रतिलिपि लिनेको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकतालाई माया गर्न, जथाभाबी नफाल्न र संरक्षण गर्नका लागि आग्रहसमेत गरेको छ ।

सोही समय अवधिमा १६ जनाको नाबालक परिचय पत्र, राहदानीको आवेदन सङ्कलन १६६, राहदानी वितरण २२४, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३७८, राष्ट्रिय परिचयपत्र वितरण ४४८, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित १९ र एक संस्था दर्ता र तीन संस्था नवीकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट आठ लाख २२ हजार पाँच सय, संस्था दर्ता तथा नवीकरणबाट तीन हजार २५०, राष्ट्रिय परिचयपत्रबाट १२ हजार पाँच सय गरी कुल आठ लाख ३८ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?