© 2026
बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १० झिमिझिमाकी कमला पोखरेलको पहिचान अहिले बदलिएको छ । विगत ११ वर्षदेखि उनको नाममा अर्को पहिचान थपिएको छ ‘वायरिङ्गवाली’ ।
विद्युत आफैमा जोखिमपूर्ण काम हो, तर त्यही जोखिममा होमिएकी कमलाका अहिलेका दिन सुखका छन् । तर यो सुखका दिन आउनको लागि उनको यात्रा धेरै सङ्घर्षमा जोडिएको छ ।
अहिले उनी आफ्ना श्रीमान्सँगै घरको वायरिङ, पलम्बिङ्गको काम गर्दै आएकी छन् । घर ठेक्का लिने, घरको वायरिङको लागि भित्ता फोड्ने, प्लष्टर गर्ने, विद्युतका तार जोड्ने देखि लिएर पलम्बिङ्गको काम सबै गर्दै आएकी छिन् ।
उनी यो क्षेत्रमा आउनको लागि जीवनकै सबैभन्दा ठुलो घटना उनको जीवनमा घटेको छ । विवाह हुनु भन्दा पहिले नै उनका श्रीमान् यमलाल बेल्बासे विद्युतको काम गर्थे, पलम्बिङ्गको काम समेत गर्दै आएका उनी विद्युतकै काम गर्दा ठुलो दुर्घटनामा परे, हिँड्न डुल्न नै नसक्ने अवस्थामा पुगेका उनको उपचारको लागि सबै सकियो, भाडाको घरमा बस्दै आएका उनलाई घरबेटीले घरको छाना भत्काइदिए ।
एक मात्रै आयस्रोतको बाटो बन्द भएर श्रीमान् विस्तारमा परेपछि उनले विकल्प खोजिन् । तर श्रीमान्को स्याहार सुसारमा लाग्ने की आम्दानीको बाटो पहिल्याउने, कमलाको जीवनमा कठिन मोड आयो ।
श्रीमान् बिस्तारै उठेर बस्न सक्ने भएपछि उनले आज भन्दा ११ वर्ष पहिला आफै हिम्मत गरिन् –“अब श्रीमानले गर्ने काम म गर्छु ।” उनी बिस्तारै श्रीमानलाई लिएर काममा गइन्, श्रीमानले काम सिकाउने आफूले गर्ने गरी काम गर्दै गर्दा उनी अहिले एउटा सफल पलम्बर, इलेक्ट्रीसीयनको रूपमा पहिचान स्थापना गर्न सफल भएकी छिन् ।
अहिले उनका श्रीमान्को पनि स्वास्थ्य अवस्था ठिक छ । उनीहरू दुबै जना मिलेर घरको पलम्बिङ्ग, वायरिङको काम गर्दै आएका छन् । कमलामा विद्युत वा पलम्बिङ्ग सम्बन्धी सैद्धान्तिक औपचारिक शिक्षा नभए पनि अनौपचारिक रूपमा उनले सिकेको सीप नै उनको लागि काफी छ ।
सवारी सधान समेत चलाउँदै आएकी उनी सामाजिक सञ्जालमा पनि त्यत्तिकै सक्रिय छन् । उनको टिकटक आइडीमा पनि राम्रै फलोअर्स समेत रहेका छन् ।
कतिपयले सामाजिक सञ्जाल मार्फत नै उनलाई कामको लागि अर्डर समेत दिने गरेका छन् । केही समय पहिला अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकामा समेत बेल्बासे परिवारले काम गरेको थियो ।
आज भन्दा ११ वर्ष पहिलेको घटना स्मरण गर्दै उनी भन्छिन्–‘टिनको छाना हालेको घरमा भाडामा बस्दै आएका हामी, घरबेटीले भाडा नदिएको भन्दै भत्काइदिएपछि नजिकै खोरलाई घर बनाएर बसेर सङ्घर्षका दिन सुरुवात भएका थिए ।’
विद्युत आफैमा जोखिमपूर्ण काम भएको भन्दै उनले उच्च सावधानी सहित काम गर्दै आएको बताउँछिन्, तर कहिलेकाहीँ उच्च सावधानी अपनाउँदा अपनाउँदै कैयौँ पटक विद्युतको झड्काले उनलाई तर्साउने गरेको समेत उनको नमिठो अनुभव छ । उनी भन्छिन्–‘कैयौँ पटक त्यस्ता झड्का हान्यो तर केही गरेन, जीवनकै सङ्घर्षको ११ वर्ष पहिलेको झड्काले पाठ सिकाएको हो ।’
पाल्पा जन्म घर भएकी बेल्बासेले हाल एक सिजनमा ८ देखि ९ वटा घरको ठेक्का लिएर काम गर्दै आएका छन्, अहिले पनि उनीहरूले ९ वटा जति ‘स्पोर्टमा’ दैनिक काम हुने गरेको छ ।
२ वटा छोरालाई राम्रो शिक्षा दिक्षा सहित गाडी समेत उनीहरूले किनेका छन्, जसबाट काममा जाँदा ड्राइभिङ्ग उनै कमलाले गर्दै आएकी हुन्छिन् । एक सिजनमा ६० देखि ६५ वटा सम्म घर ठेक्का लिएर उनले काम गरेको अनुभव छ ।
विद्युत व्यवसायी समिति सैनामैनाको कोषाध्यक्ष समेत रहेकी बेल्बासेले यो क्षेत्र जोखिमपूर्ण काम भए पनि लगनशील र उच्च सावधानीसहित काम गरेमा राम्रो आम्दानी गर्न सकिने बताउँछिन् ।
खास गरी विद्युतीय क्षेत्रमा आउने महिलाहरूको लागि जोखिमसँगै अवसर समेत राम्रो रहेको उनको भनाइ छ । एक तला घरको पोइन्ट वा अन्य स्थान हेरेर न्यूनतम ३० देखि ४० हजार रूपैयाँ ज्याला उनीहरूले लिने गर्दछन् ।
अन्य कामदार समेत नराखेका बेल्बासे परिवारले सबै