© 2026
सुन्दरहरैँचा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ क्षेत्र नं २ को मतगणना स्थलमा रहेको अवस्थामा अचानक बिरामी भएका रेग्मीको आज निधन भएको हो ।
उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रेग्मीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।