Butwal Today

आमा क्यान्सर पीडित, छोरा दुर्घटनामा उपचारको याचना

१९ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

बुटवल ।  मानिसलाई दशालागेपछि कति सम्म हुन्छ ? कल्पना भन्दा बाहिरको कुरा पनि । अर्घाखाँची जिल्लामा यस्तै घटना भएको छ ।

पहिला आमा लामो समय देखि पीडित रहेकै बेला छोरा नै दुर्घटना परेपछि आमा छोरा दुवै सहयोगको याचना गरेका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ०६ रातटारि निवासी (साबिक वडा नं. ६) सुमित्रा सार्की लामो समय देखि क्यान्सर रोग बाट पीडित भएर उपचार गर्दा गर्दै घर सम्पत्ति सबै बिक्री गर्दा समेत उपचार अभावले अहिले पनि सहयोगको याचना गर्दै आएकी छिन् ।

आर्थिक अवस्था दयनीय भएपछि सहयोगको याचना गर्दै आएको बेलामा भरोसाको रूपमा रहका छोरा पनि दुर्घटनामा परेर उपचार गर्न सक्ने अवस्था नभए पछि अहिले आमा छोरा दुवैले सहयोगको याचना गरेका छन् ।

सुमित्रा सार्की विगत ४ वर्ष देखि क्यान्सरको बिरामी भई नियमित रूपमा उपचाररत रहेकी छिन् ।

धनबहादुर नेपाली र सुमित्रा सार्कीको छोरा वर्ष २४ को विकास नेपालीको गाडी दुर्घटनामा परि शरीर नै चलाउन नसक्ने गरी दुवै हिपको पछाडिको घिर्नी (खुट्टा तलमाथि गराउने खुम्च्याउने हड्डी) थिचिएको, भाँचिएको, खुट्टा समेत भाँचिएकोले सख्त घाइते अवस्थामा बुटवलमा उपचाररत रहेका छन् । ‘‘आमाको उपचार गर्दा गर्दै घरको सबै सम्पत्ति गरगहना सकियो बस्ने एउटा बास राखेर निकालेको ऋणले पनि घर कति बेला लिलाम हुने हो थाहा छैन ।’’ पीडित नेपालीले भने ।

जेननेत ड्राइभर पेसा गर्दै परिवार पाल्दै गर्दा विकास नेपाली आफै गाडी दुर्घटनामा परि उपचार गर्दा धेरै पैसा लाग्ने र परिवारलाई बिहान बेलुका खाना खान समेत नपाउने अवस्था भएकोले आर्थिक सहयोगको निम्ति अनुरोध गरिएको हो ।

आमा बिरामी भई उपचारको सिलसिलामा आफ्नो भएको सर– सम्पत्ति र भएको नगदी सम्पूर्ण खर्च भएको र घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा उनको र उनकी आमाको उपचार गराउन असमर्थ भएकोले निज विकास नेपाली र आमा सुमित्रा सार्की जीवन र मृत्युको दोसाँधमा रहेको हुँदा यस्तो दयनीय अवस्थालाई सहयोगको अपेक्षा गरिएको हो ।

निजको उपचारको निमित्त आमा सुमित्रा नेपालीको राष्ट्रिय वाणिज्य बैकको खाता नं. ३०५०१०००३५६५६०१० मा सहयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?