© 2026
प्रिय उम्मेदवारज्यूहरू !
फागन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन आउन अब तीन दिन मात्रै बाकी छ, चुनावी दौडधुप, घरदैलो, सभा सम्बोधन र एजेन्डा प्रस्तुतिमा तपाईंहरू यतिबेला व्यस्त हुनुहुन्छ। तर निर्वाचनको लागि अब एउटा महत्त्वपूर्ण चरण सुरु हुँदैछ मौन अवधि ।
विगतका निर्वाचनहरूमा अन्तिम समयमा पैसा बाँड्ने, भोजभतेर गराउने, विभिन्न प्रलोभन दिने जस्ता गतिविधि भएका थिए । यसपटक यस्ता गलत प्रवृत्तिहरू दोहोरिनु हुँदैन । मतदाता किनबेच, बुथ कब्जा, दबाब वा प्रभाव पार्ने कुनै पनि कार्यले लोकतन्त्रलाई कमजोर बनाउँछ । निर्वाचनको दिन शान्ति, संयम र अनुशासन कायम राख्नु सबै उम्मेदवारको दायित्व हो ।
यो सामान्य चुनाव होइन, विशेष परिस्थितिमा भइरहेको चुनाव हो भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशलाई गम्भीर मोडमा लगेको छ । यो निर्वाचनले नै नेताहरूलाई सच्चिने या सकिने भन्ने कुराको अवसर सहितको आधार पनि तय गर्नेछ ।
नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलन भए । जति पनि आन्दोलन भए त्यसको खासै महत्त्वपूर्ण उपलब्धि आउन सकेन ।
तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र उनीहरुका मागहरु पूरा गर्न अब एउटा महत्त्वपूर्ण घडी आइसकेको छ त्यो हो निर्वाचन । यो ऐतिहासिक घडी पनि हो । परिवर्तन, सुशासन र इमानदाीताको लागि आसन्न निर्वाचनले देशलाई सहि नेतृत्वको साथमा काम गर्न सक्ने मात्रै चुन्नु्र्छ ।
भदौ २४ गते आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी शहिदहरूको सपना केवल नारामा सीमित नभई व्यवहारमा पूरा हुनु आवश्यक छ ।
अब देशमा जनता जागिसकेका छन् । विशेषगरी युवापुस्ता अब भाषण र आश्वासनले मात्र प्रभावित हुने अवस्थामा छैन । उनीहरू काम, परिणाम, पारदर्शिता र जिम्मेवारी खोजिरहेका छन् । जेनजीको भावना बुझ्न सक्ने, देश र जनताको पक्षमा इमानदारीका साथ काम गर्ने नेतृत्वलाई नै यसपटक जनताले रोज्नेछन् ।
हार–जीत राजनीति को एउटा प्रक्रिया मात्र हो । तर जनताको सेवा चुनाव जितेपछि मात्रै गर्ने होइन । हारे पनि, जिते पनि समाज र देशका लागि निरन्तर काम गर्ने संस्कार विकास गर्न आवश्यक छ ।
चुनावलाई सेवा गर्ने माध्यमका रूपमा लिनुहोस्, अवसरका रूपमा होइन । हरेक निर्वाचनमा घोषणापत्र आउँछन्, ठूला–ठूला प्रतिबद्धता गरिन्छन्, तर कार्यान्वयन नहुँदा जनतामा निराशा बढ्दै गएको छ ।
अब देशलाई असम्भव सपनाले होइन, यथार्थपरक योजना, स्पष्ट नीति र दृढ कार्यान्वयनले अघि बढाउनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै काम गर्नु आजको आवश्यकता हो ।
साथै, पुराना सबै खराब र नयाँ सबै राम्रा हुन्छन् भन्ने सोच पनि सही होइन देश निर्माणका लागि अनुभव, परिपक्वता र सक्षम नेतृत्व आवश्यक हुन्छ । अनुभव र नयाँ सोचको समन्वयबाट मात्र प्रभावकारी शासन सम्भव हुन्छ ।
यस महत्वपूर्ण घडीमा सबै उम्मेदवारज्यूहरूलाई मौन अवधिको सम्मान गर्दै स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु । जनताको विश्वास, युवाहरूको आशा र देशको भविष्यलाई केन्द्रमा राखेर अगाडि बढ्नुहोस् ।
जनप्रतिनिधि भनेका जनताद्वारा, जनताकै लागि निर्वाचित व्यक्तिहरू हुन् तर चुनावको बेला आश्वासन बाँड्ने र चुनावपछि मतदातालाई बिर्सने प्रवृत्ति अन्त्य हुनुपर्छ। अब देश नाराले होइन, कामले चल्नुपर्छ । पूराना सबै खराब र नयाँ सबै राम्रा हुन भन्ने भ्रम चिर्दै अगाडि बढ्नुपर्छ ।
यस महत्वपूर्ण घडीमा सबै उम्मेदवारज्यूहरूलाई मौन अवधिको सम्मान गर्दै स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न आग्रह गर्दछु । जेनजी आन्दोलनका शहिदहरूको सपना, युवाहरूको आशा र जनताको विश्वासलाई केन्द्रमा राखेर अगाडि बढ्नुहोस् ।
फागुन २१ को निर्वाचनका लागि सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक शुभकामना !