© 2026
भैरहवा, ४ फागुन ।
जनता समाजवादी पार्टी नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३ का लागि प्रतिनिधि सभा उम्मेदवार श्रीनिवास यादव नेकपा एमाले प्रवेश गरेका छन् । जसपा नेपालका नेताहरुले रुपन्देही क्षेत्र नम्बर ४ मा सर्वेन्द्रनाथ शुक्ललाई मात्र केन्द्रमा राखी प्रचारप्रसार गरेको र आफुलाई असहयोग गरेको बताउदै यादवले आफु एमाले प्रवेश गरेको बुटवल टुडेलाई बताए ।
“म पनि जसपा नेपालकै उम्मेदवार थिए तर पार्टीका नेताहरुले ४ नम्बर क्षेत्रमा मात्रै प्रचार प्रसार केन्द्रित गरे, मलाई अहसहयोग गरे ।” उनले भने “विष्णु पौडेल र प्रमोद यादवसँग सल्लाह गरेर आजै नेकपा एमाले प्रति प्रतिवद्ध रहने गरि एमाले प्रवेश गरेको छु ।”
जसपा नेपालका उम्मेदवार यादव नै अर्को पार्टीमा गएपछि पार्टीका नेताहरुमा अन्यौल देखिएको छ । जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले उम्मेदवार यादव सर्वेन्द्रनाथ शुक्ल पक्षबाट जसपा नेपालको उम्मेदवार बनेकोले यो क्षेत्रको मत एमालेमा नजाने बताए । उनले श्रीनिवास यादवको यो कदमले पार्टी दुखी भए पछि अब नयाँ तरिकाले अगाडी बढ्ने बताए । “एक जनाको प्रवेशले जसपा नेपालको मत एमालेले पाउछ भन्ने छैन ।” प्रदेश अध्यक्ष यादवले भने “छिट्टै पार्टीको बैठक बसी जसपा नेपालको समर्थन कसलाई दिने भन्ने निर्णय गर्नेछौं ।