© 2026
गुल्मी ।
गुल्मीमा मानव कङ्काल फेला परेको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ घुमाउनेको कालीगण्डकी नदि किनारमा ढुङ्गाको कोप्चेरोमा सोमबार दिउँसो मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।