Butwal Today

गुल्मीमा एक सातामा १४८ जनाले राहदानी बनाउँदा ७ लाखभन्दा बढी राजस्व संकलन

१७ माघ २०८२, शनिबार
अ+
अ-

गुल्मी, १७ माघ ।

गुल्मी जिल्लामा एक साताको अवधिमा १४८ जनाले राहदानी बनाएका छन् । सो अवधिमा राहदानी सेवाबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म कार्यालयबाट विभिन्न सेवाहरू प्रदान गरिएको हो ।

यस अवधिमा नयाँ नागरिकता १८१, नागरिकताको प्रतिलिपि १४४, नाबालक परिचयपत्र ६, राहदानीका लागि आवेदन संकलन १४८, राहदानी वितरण २७७, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ३८८ तथा राष्ट्रिय परिचयपत्र वितरण २८८ गरिएको छ ।

त्यसैगरी दलित, जनजाति, पारिवारिक विवरणलगायत अन्य प्रमाणित सेवाबाट १९ वटा सेवा प्रदान गरिएको छ ।

यस्तै, राष्ट्रिय परिचयपत्र सेवाबाट १४ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । यससहित सो अवधिमा कुल सात लाख ८१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

Screenshot