Butwal Today

साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी

४ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

 साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको छ ।

थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रंगशालामा आज भएको खेलमा नेपालले तीन पटक अग्रता लिएको थियो तर अन्ततः बराबरीमा रोकियो । यससँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सातवटै देश  नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङ्का र आयोजक थाइल्यान्डबाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?