Butwal Today

उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू

४ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचन रोक्न अर्को अन्तरिम आदेश जारी गरेको छ ।

उपाध्यक्ष विराटजंग शाही, सदस्यद्धय रवीन्द्र चन्द र रुपेश अधिकारीले एन्फा निर्वाचन रोक्न दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले निवेदनको अन्तिम टुंगो नलागुञ्जेल सम्पूर्ण काम कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो ।

एन्फाले माघ २८ गते झापामा एन्फाको केन्द्रीय निर्वाचन गर्ने घोषणा गरेको छ । पुरानै प्रतिनिधिबाट नयाँ नेतृत्वको निर्वाचन गर्न खोजिएको भन्दै दायर रिटमा समेत अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अन्तरिम आदेशविपरीत एन्फाले निर्वाचन प्रकृया अघि बढाएपछि सो निर्वाचन रोक्न माग गर्दै एन्फाका तीन पदाधिकारीले पुन अन्तरिम आदेशको माग गरेका थिए ।

अदालतले निवेदकहरूले माग गरे अनुसारको एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो ।

यता एन्फाले राष्ट्रिय खेलकुद परिषदको निर्देशन र अदालतको आदेशलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै माघ २८ गते पूर्व घोषित निर्वाचन गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?