Butwal Today

कालिका मानवज्ञान माविमा नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

२ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल । 

देशकै सर्वोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

विद्यालयमा भएको अभिभावकहरूको  भेलाबाट  सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट नित्यानन्द ज्ञवालीको  अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनिधिको रूपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुन लाई पदेन सदस्यको रूपमा चयन  गरिएको छ ।

यस्तै सदस्यको रूपमा  यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टिका ओली चयन भएका हुन ।

नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहेका छन् । नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?