ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

विदेश छाडेर खेत समातेका हरिहर

"विदेशको पसिनाबाट गाउँकै माटोमा आत्मनिर्भरताको यात्रा"
२७ पुष २०८२, आइतबार
२७ पुष २०८२, आइतबार

बुटवल, २७ पुस ।

विदेशको तातो घाममा पसिना बगाउँदै बिताएका १२ वर्षपछि रुपन्देहीको सैनामैना नगरपालिका–३ गंगानगरका हरिहर ज्ञवालीले एउटा साहसी निर्णय गरे–अब भविष्य विदेशमा होइन, आफ्नै गाउँको माटोमा खोज्ने ।

साउदी अरबमा ७ वर्ष र मलेसियामा थप ५ वर्ष श्रम गरेका ज्ञवाली आज स्वदेशमै व्यावसायिक पशुपालनमार्फत उदाहरणीय किसानको रूपमा स्थापित भएका छन् ।
विदेशी भूमिमा बिताएका वर्षहरू उनका लागि सङ्घर्षपूर्ण मात्र होइन, सिकाइका पनि वर्ष थिए ।

“विदेशमा कमाएको अनुभवले मलाई आत्मनिर्भर बन्न सिकायो,” ज्ञवाली भन्छन् । यही सोचका साथ उनले विदेश नजाने अठोट गरे र आफ्नै गाउँको जग्गामा व्यावसायिक कृषि फार्म सुरु गरे । वि.सं. २०७४ सालमा औपचारिक रूपमा फार्म दर्ता गरे पनि उनी २०७१ सालदेखि नै कृषि कर्ममा होमिइसकेका थिए ।

सुरुवातमा घरमै भएका २–३ वटा भैँसीबाट व्यवसाय थालेका ज्ञवालीको फार्ममा अहिले १५ वटा भन्दा कम भैँसी कहिल्यै हुँदैनन् । निरन्तर मेहनत, व्यवस्थापन र अनुभवका कारण उनको फार्म बिस्तार हुँदै गयो । हाल बिहान–साँझ गरी दैनिक ३० देखि ३५ लिटर दूध उत्पादन हुन्छ भने उत्पादन राम्रो हुँदा ४० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ ।

ज्ञवालीले सुरुवाती चरणमा पशुपालनसँगै व्यावसायिक कुखुरा पालन पनि गरेका थिए । कुखुरा पालनबाट राम्रै आम्दानी भए पनि एकैसाथ दुवै व्यवसायलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन भएपछि उनले कुखुरा पालन छाडे र अहिले विशुद्ध पशुपालनमै केन्द्रित भएका छन् ।

“एकै पटक धेरै गर्नुभन्दा एउटा काम राम्रोसँग गर्नु बेस रहेछ,” उनको अनुभव छ । उनका अनुसार हाल तराई क्षेत्रमा दानामा आधारित पशुपालन बढ्दै गएको छ, जसले दीर्घकालीन रूपमा किसानलाई घाटा पु¥याउन सक्छ ।

“पहाडी जिल्लामा भैँसी पालन घटेपछि भारतबाट आयात गरिएका भैँसीले सुरुमा धेरै दूध दिन्छन्, तरपछि उत्पादन घट्दै जान्छ,” उनी भन्छन् । घाँसमा आधारित दिगो पशुपालनतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।

दूधको बजारीकरणमा भने ज्ञवालीलाई कुनै समस्या छैन । फार्ममा उत्पादन भएको पूर्ण अर्ग्यानिक दूध मुर्गिया बजार आसपासका घरघरमै पु-याइन्छ । “गुणस्तरीय र स्वच्छ दूध भएकाले ग्राहक आफैँ खोज्दै आउँछन्,” उनी भन्छन् । तर किसानको उत्पादनलाई सहज बजार पहुँच दिलाउन सरकारी निकायले अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।

ज्ञवाली केवल व्यक्तिगत व्यवसायमै सीमित छैनन् । उनले गाउँका अन्य किसानलाई समेत समेटेर गंगानगर स्मार्ट कृषि सहकारी संस्था स्थापना गरेका छन् । स्मार्ट कृषि कार्यक्रम अन्तर्गत संयोजक भएर काम गरिसकेका उनी सहकारीमार्फत सामूहिक कृषिको अवधारणा अघि बढाइरहेका छन् ।

५० जना किसानबाट सुरु भएको सहकारीमा हाल २ सय ६५ सदस्य आबद्ध छन् । सहकारीले धान, मकै, गहुँ, तरकारी तथा खाद्यान्नजन्य बीउ र मलको कारोबार गर्दै आएको छ र अझ बिस्तारको क्रममा छ ।

कृषिमा मौसमजन्य जोखिम सधैँ रहने उल्लेख गर्दै उनले स्थानीय पशु शाखा र सम्बन्धित निकायले किसानलाई सहुलियत दिनुपर्ने आवश्यकता औंल्याए । “मौसमको मारले किसानले धेरै नोक्सानी बेहोर्नुपर्छ, त्यसैले नीति र सहयोग किसानमैत्री हुनुपर्छ,” उनको भनाइ छ ।

यस सफल यात्रामा उनकी श्रीमती इन्दिरा देवी ज्ञवालीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । फार्मको व्यवस्थापन र भैँसीको हेरचाहमा उनी सक्रिय छिन् । वित्तीय अनुशासनमा अब्बल इन्दिरा देवी विभिन्न वित्तीय संस्थाबाट लिएको कर्जा समयमै भुक्तानी गर्दै नियमित बचत र ऋण कारोबार गर्छिन् ।

यही कारण केही समयअघि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, सेमलार शाखाबाट नगद १० हजारसहित उत्कृष्ट ऋणीको रूपमा सम्मानित पनि भएकी छिन् ।
आज हरिहर ज्ञवाली विदेश जाने सोचमा छैनन् । उनी भन्छन्, “आफ्नै देशमा मेहनत गर्न सके अवसरको कमी छैन ।”

विदेशको पसिनाबाट गाउँकै समृद्धिसम्म आइपुगेका ज्ञवालीको कथा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ–जहाँ कृषि केवल पेशा होइन, आत्मनिर्भरता र सम्मानको आधार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?