© 2026
गुल्मी २६ पुस ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १३२ जनाले राहदानी बनाउँदा छ लाख ९० हजार राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १३२ जनाले राहदानी बनाउँदा सात लाख ९० हजार रुपियाँ राजस्व सङ्कलन भएको हो ।
यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १२४, प्रतिलिपि १३७, नावलक परिचयपत्र १० , राहदानीको आवेदन सङ्कलन १३२, राहदानी वितरण ४७१, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३०१, राष्ट्रिय परिचयपत्र वितरण २८२, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३२ भएको छ ।
यस्तै ११ वटा संस्था दर्ता तथा नवीकरणबाट १९ हजार, राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल सात लाख २० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।