ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

पदको होडमा हराउँदै देश

२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार
आजको नेपाली राजनीति हेर्दा एउटा कठोर यथार्थ आँखा अगाडि उभिन्छ ।
यहाँ अधिकांशलाई सेवक बन्नु छैन । पद र कुर्सी चाहिएको छ । संसद् बन्ने दौड, मन्त्री बन्ने लालसा, मुख्यमन्त्री र मेयर बन्ने आकाङ्क्षा यी सबै राजनीतिको केन्द्र विन्दु बनेका छन् । तर, दुर्भाग्य के छ भने गौण रूपमा पनि देश र जनताको सेवा गर्ने भावना हराउँदै गएको छ ।
राजनीति सेवा हो भन्ने आदर्श आज नारामा मात्रै सीमित देखिन्छ । व्यवहारमा राजनीति, पद, प्रभाव र पहुँचको खेल बन्दै गएको छ । चुनाव जितेपछि जनताको आवाज बन्नुपर्ने प्रतिनिधि, आफ्नै दलभित्र शक्ति सन्तुलन मिलाउन, आसेपासेलाई व्यवस्थापन गर्न र अर्को पदको तयारीमा लाग्छन् ।
जनता पाँच वर्षका लागि केवल नेता बनाउने भर्‍याङका रूपमा मतदाता बन्न बाध्य छन् । आज नेतृत्वमा पुग्नेहरूको प्राथमिकता स्पष्ट देखिन्छ । मेरो पद सुरक्षित होस्, मेरो पार्टी सत्तामा रहोस्, मेरो पार्टीको झन्डा अग्लो होस्, मेरो चुनाव चिन्ह नझुकोस् ।
सधैँ मेरो नेतृत्वको दबदबा रहोस् । तर प्रश्न उठ्छ, देश कहाँ छ ? जनता कहाँ छन् ? यदि देश बन्छ भने, यदि जनता सुखी हुन्छन् भने, मेरो पद, मेरो पार्टी, मेरो झन्डा, मेरो चुनाव चिन्ह यी सबै म त्याग्न सक्छु असल नेतृत्व आउँछ भने म तलै बसेर ताली मार्छु भन्न सक्ने आँट कसैमा छैन ।
यस्तो सोच राख्ने नेता जनताले देख्न पाएका छैनन् । हामीले देखिरहेका छौँ । सत्ता फेरिन्छ । तर जनताको जीवनस्तर उस्तै रहन्छ । बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यको अवस्था ज्युँका त्युँ छ ।
परिवर्तनको भाषण हुन्छ, तर परिवर्तन जनताको घर आँगनसम्म पुग्दैन । किनभने निर्णय गर्ने ठाउँमा देशभन्दा आसेपासे ठुलो भएका छन् । आज नेता बनेपछि सबैभन्दा पहिले आफ्ना नजिकका मान्छे सम्झिन्छन् ।
कसलाई बोर्डमा राख्ने ? कसलाई सल्लाहकार बनाउने ? कसलाई ठेक्का दिलाउने ? देश र जनता भने भाषणको अन्तिम लाइनमा मात्रै अटाउँछन् । साँचो नेतृत्व भनेको के हो ? साँचो नेतृत्व भनेको आफूसँगै सबैलाई हाँस्न र बाँच्न सक्ने बनाउनु पर्ने होइन र ?
नेतृत्व परिवारवाद, नातावाद, कृपावाद र पुँजीवाद भन्दा माथि उठ्नु पर्ने होइन ? आफ्ना आसेपासे मात्रै होइन, सिङ्गो देश र जनता हाँस्न सकुन् भन्ने चाहना राख्नु नेतृत्वको परम धर्म होइन र ? तर आज यो प्रश्न तुवाँलोमा मडारिएको छ । नेता र नेतृत्वले सोच्न सकेको छैन ।
मेरा आसेपासे मात्रै होइन, यो देश र जनता हाँस्नुपर्छ भनेर । हो स्पष्टसँग भन्न र त्यसलाई व्यवहारमा उतार्न सक्ने कोही नेता जन्मिएको छ त ?
यदि छ भने उसले पदभन्दा नीति रोज्नुपर्छ । कुर्सीभन्दा सिद्धान्त रोज्नुपर्छ । दलभन्दा देश रोज्नुपर्छ ।
राजनीति पेसा होइन, प्रतिबद्धता भन्ने ज्ञान हुनुपर्छ । राजनीति लाभको साधन होइन, त्यागको मार्ग हो भन्ने चेत हुनुपर्छ । जबसम्म यो चेतना नेतृत्वमा बस्नेहरूको मनमा प्रवेश गर्दैन, तबसम्म न पार्टी बलियो हुन्छ, न सरकार टिकाउ हुन्छ, न देश समृद्ध हुन्छ ।
आज देशलाई ठुला भाषण होइन, इमानदार नेतृत्व चाहिएको छ । झन्डाको रङ्ग होइन, नियतको सफाइ चाहिएको छ । चुनाव चिन्ह होइन, जनताको भरोसा चाहिएको छ । अब प्रश्न फेरि दोहोरिन्छ ? सत्तामा होइन, सेवामा विश्वास गर्ने, आसेपासे होइन, जनतालाई प्राथमिकता दिने, आफू होइन, देशलाई अगाडि राख्ने ।
त्यस्तो नेता के अब जन्मिएला ? कि जनता सधैँ यही प्रश्नको उत्तर खोजिरहँदा पुस्तौँ पुस्ता अनुत्तरित रहिरहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?