© २०२३
भैरहवा, १८ पुस ।
किया नेपालले रुपन्देही जिल्लामा आफ्नो बजार उपस्थिति थप सुदृढ गर्ने उद्देश्यसहित शुक्रबार भैरहवामा अत्याधुनिक शोरूमको औपचारिक उद्घाटन गरेको छ ।
अञ्चलपुर, भैरहवामा अवस्थित नयाँ शोरूम वरुण मोटर्सद्वारा सञ्चालनमा ल्याइएको हो । वरुण मोटर्स किया नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि अन्तर्गतको अधिकृत डिलर हो ।
नयाँ शोरूम रुपन्देही जिल्लामा किया ब्रान्डको तेस्रो ३ एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधा हो । कियाको विश्वव्यापी मापदण्डअनुसार डिजाइन गरिएको सुविधा केन्द्रमा किया ब्रान्डका नवीनतम सवारी साधनहरू प्रदर्शनीमा राखिएको वरुण मोटर्सका प्रवन्ध निर्देशक राहुल अग्रवालले जानकारी दिए ।
उनले ग्राहकहरूलाई यहाँ व्यावसायिक बिक्री परामर्श, बिक्रीपछिको गुणस्तरीय सेवा, र वास्तविक स्पेयर पाट्र्सको सुविधा उपलब्ध हुने जनाए । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको सञ्चालक रेखा घिमिरेले यो सेवा केन्द्रबाट ग्राहकहरुले सेवा र सुविधा पूर्ण रुपमा पाउने विश्वास व्यक्त गरिन ।
“भैरहवामा किया शोरुमको उद्घाटन पश्चिम नेपालमा हाम्रो विस्तार रणनीतिको महत्त्वपूर्ण हिस्सा हो । घिमिरेले भनिन् “रुपन्देही एक प्रमुख आर्थिक केन्द्र भएकाले यस ३एस सुविधामार्फत हामी ग्राहकहरूलाई विश्व स्तरीय सवारी साधन र भरपर्दो बिक्री पछिको सेवा प्रदान गर्न सक्षम हुनेछौँ ।”
यो उद्घाटनलाई पश्चिम नेपालमा किया ब्रान्डको सेवा विस्तार र पहुँच बढाउने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । किया भैरहवा शोरूमले पश्चिम नेपालमा किया सवारी साधनप्रतिको बढ्दो माग पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । करिब ४ करोड लगानीमा १ लाख वर्ग फिटमा शोरुम बनेको छ ।
उद्घाटन समारोहमा किया नेपालका पदाधिकारीहरू, वरुण मोटर्सका प्रतिनिधिहरु, व्यापारिक साझेदारहरु, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।