ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

बुटवल कालिकापथमा खाना महोत्सव सुरु

१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

बुटवल। नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारी सृजना गर्ने उद्देश्यसहित आयोजना गरिएको बुटवल सडक खाना महोत्सव–२०८२ सुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रीकालीन बजारमार्फत शहरलाई थप गुलजार बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

उनले कालिका पथलाई बुटवलको ‘सपनाको पथ’ र व्यवसायिक सम्भावना बोकेको क्षेत्रका रूपमा विकास गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरे । जातीय तथा सांस्कृतिक पहिचान झल्कने कार्यक्रमलाई संघ–संस्थासँग सहकार्य गर्दै अघि बढाइने पनि उनले बताए । यसैगरि उद्घाटन अघि निकालिएको ¥यालीमा नेवा समाज अर्घाखाँची–रुपन्देही प्रथम हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।

यसैगरि उचडिहवा स्वावलम्बन समूह दोस्रो हुदै नगद १० हजार र राष्ट्रिय लोकभजन तेस्रो हुदै नगद ७ हजार, प्रमाणपत्रबाट पुरस्कृत भए । बुद्ध टोल विकास संस्था, पशुपति टोल विकास संस्था, मनकामना, समावेशी, मिलनटोल, तिनाउ टोल तथा स्ववलम्बन महिला रोजगार क्षेत्री महिला दीदीबहिनी समूह गरी ६ टिमलाई सान्त्वना पुरस्कार नगद ५ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले पर्यटन विकासमा सरकार उदार हुनुपर्ने बताए । नीजि क्षेत्रमा लगानी गरिएको सेवा उद्योगलाई प्रवद्र्धन हुनेगरि कार्यक्रमहरु ल्याउन समेत सरकारसंग आग्रह गरे । कार्यक्रममा बुटवल उद्योग संघ रुपन्देहीका अध्यक्ष हरि अर्यालले पर्यटन गन्तव्यको बजारीकरणमा यस्ता मेलामहोत्सव प्रभावकारी हुने बताए ।

होटल एशोसिएसन नेपालका सदस्य गोपाल रानाले पर्यटनले युवालाई स्वरोजगार र आर्थिक समृद्धि दिलाउने उल्लेख गर्दै कालिका पथलाई रात्रिकालीन बजारका रूपमा विकास गर्न सरकारको साथ आवश्यक रहेको बताए । भारतको उत्तर प्रदेशबाट सानो प्रतिशत पर्यटक भित्र्याउन सके पनि राष्ट्रिय अर्थतन्त्रलाई ठूलो फाइदा पुग्ने उनले बताए ।

कार्यक्रममा संघका सल्लाहकार माधव नेपालले सडक महोत्सवका लागि स्थायी स्थल तोकिदिन स्थानीय सरकारसँग आग्रह गरे । र्‍याली संयोजक एकदेव पाण्डे (सुरज) का अनुसार सहभागीहरूले मौलिक सांस्कृतिक पहिचान झल्कने पोसाक, अनुशासन, झाँकी, ब्यानर र प्लेकार्डसहित सहभागिता जनाएका थिए । महोत्सवमा निकालिएको रयालीमा १३ वटा संघ–संस्था तथा समाज सहभागिता रहेको संघका महासचिव केशवराज कंडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?