ट्रेंडिंग:

>> वनमाराले ढाकेको जमिनमा किवीको क्रान्ति >> कांग्रेस निर्णय- समानुपातिकतर्फका उम्मेदवार चयन गर्ने, अनुशासनको कारबाहीमा परेकालाई माफी >> उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने >> पालिकाबिचमा समन्वय हुनुपर्ने  >> बालुवाटार बैठकमा ओली र प्रचण्डका तर्फबाट देउवाले भने- चुनावमा जान सबै तयार भएका छन्, तर वातावरण बनेको छैन >> तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा >> रवि-बालेनसँग मिल्ने विषयमा कुलमानको जवाफ: विधि होला, सम्मानजनक उपस्थिति हुनुपर्ला >> जिल्ला भेलाको तयारीमा जुट्दै हाटबजार व्यवसायी >> रौतहटको मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु, ६ जना घाइते >> मधु र कैटभ: हाम्रो मनभित्रको महायुद्ध >> मणिमुकुन्द सेन दरबार: छायामा पर्दै बुटवलको ऐतिहासिक इतिहास >> चराचुरुङ्गीको मुख्य वासस्थान गुल्मी >> प्रचण्ड र गगनको नाम रोल्पाबाट सिफारिस  >> तेल मिलमा भेटिन्छन् जिसस पूर्वउपप्रमुख >> गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए >> प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत् >> इराकका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय, पर्नेछ यस्तो फरक >> माघीले जोड्दै थारु पहिचान >> गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक >> रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति  >> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन

उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

काठमाडौँ ।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँका मेयर बालेन शाहसँग बिलय हुनेगरि एकतामा नजाने निर्णय गरेको छ।

शनिबार कुलमानको उपस्थितिमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले आफ्नो अस्तित्व नै समाप्त हुनेगरि अरु पार्टीमा बिलय नहुने निर्णय गरेको हो।

‘हामी हदैसम्म लचक हुन खोज्यौँ,’ एक नेताले भने, ‘तर, उहाँहरू मिल्न नचाहेको देखियो।’

बरु, उज्यालो नेपाल पार्टीकै नेतृत्वमा चुनावमा आउन समेत सबैलाई बैठकले आह्वान गरेको छ।

‘हामीले बैकल्पिक, अग्रामी सबै शक्ति मिलेर जान आह्वान गर्ने निर्णय गर्‍यौँ,’ बैठकका निर्णय सुनाउँदै ती नेताले भने, ‘हाम्रै पहलमा रास्वपा लगायत सबैलाई मिलेर जाने हो भने मिल्न उज्यालो नेपाल पार्टी आह्वान गर्दछ भनेर आह्वान गरेका छौँ।’

रवि लामिछाने र बालेनप्रति लक्षित गर्दै बैठकले उज्यालो नेपाल पार्टीको नाममै चुनाव लड्न आए पार्टी सभापति र प्रधानमन्त्री पनि छोड्न तयार रहेको अर्का नेताले बताए।

‘उज्यालो नेपाल पार्टीमै आएर चुनाव लड्ने हो भने हामी सभापति र प्रधानमन्त्री पनि छोड्न तयार छौँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?