ट्रेंडिंग:

>> गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए >> प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत् >> इराकका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय, पर्नेछ यस्तो फरक >> माघीले जोड्दै थारु पहिचान >> गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक >> रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति  >> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी

रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति 

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार
जितपुर, ११ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ भलवाडको प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले नमराज गुरुङको अध्यक्षतामा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।अधिवेशनबाट उपसभापतिमा योगेन्द्र पौडेल चयन भएका छन् भने सचिवमा पूर्णिमा थारू राना र सह–सचिवमा मित्रलाल पौडेल निर्वाचित भएका छन् । त्यसैगरी, कार्यसमिति सदस्यहरूमा सादन केसी, सोनु बञ्जाडे, अन्नु परियार, सिता अधिकारी, मधु राना तथा शान्ती खड्का गुरुङ चयन भएका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला तथा नगर तहका नेताहरू, शुभेच्छुक, कार्यकर्ता र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अधिवेशनमा बोल्ने वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वडा तहबाटै मजबुत बनाउँदै सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
वक्ताहरूले परम्परागत राजनीतिक संस्कारबाट माथि उठ्दै जनताको वास्तविक समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । साथै, संगठन विस्तार, युवाको सक्रिय सहभागिता, नागरिकसँग प्रत्यक्ष संवाद र जनविश्वास जित्दै अघि बढ्ने रणनीतिबारे पनि छलफल गरिएको जनाइएको छ ।
नव–निर्वाचित अध्यक्ष नमराज गुरुङले पार्टीले उठाएका मूल्य र मान्यतालाई व्यवहारमा उतार्दै वडाभित्र सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सबै कार्यकर्तालाई एकताबद्ध भएर जनताको सेवामा लाग्न आग्रहसमेत गरेका थिए ।
अधिवेशनले नवगठित वडा कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र उद्देश्य अनुरूप क्रियाशील रहन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?