ट्रेंडिंग:

>> जिल्ला भेलाको तयारीमा जुट्दै हाटबजार व्यवसायी >> रौतहटको मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु, ६ जना घाइते >> मधु र कैटभ: हाम्रो मनभित्रको महायुद्ध >> मणिमुकुन्द सेन दरबार: छायामा पर्दै बुटवलको ऐतिहासिक इतिहास >> चराचुरुङ्गीको मुख्य वासस्थान गुल्मी >> प्रचण्ड र गगनको नाम रोल्पाबाट सिफारिस  >> तेल मिलमा भेटिन्छन् जिसस पूर्वउपप्रमुख >> गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए >> प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत् >> इराकका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय, पर्नेछ यस्तो फरक >> माघीले जोड्दै थारु पहिचान >> गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक >> रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति  >> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय

प्रचण्ड र गगनको नाम रोल्पाबाट सिफारिस 

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

रोल्पा, १२ पुस । 

आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट सिफारिस भएका छन् । नेपाली कम्युनिष्ट पार्टी जिल्ला समन्वय समिति रोल्पाले संयोजक प्रचण्डलाई रोल्पाबाट सिफारिस गरेको हो ।

जिल्ला पार्टीले पौष १० गते संयोजक प्रचण्ड र सह संयोजक माधवकुमार नेपाललाई संशोधन गरी प्रेषित गरेको पत्रमा पार्टी संयोजक प्रचण्डलाई आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पहिलो नम्बरमा सिफारिस गरेको हो ।

प्रचण्ड २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए । काठमाडौँ क्षेत्र नं. १० बाट समेत निर्वाचित भएका प्रचण्डले एक निर्वाचन क्षेत्र छोड्नु पर्ने व्यवस्था अनुसार काठमाडौँ १० रोजेर रोल्पा २ छोडेका थिए ।

सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ दोस्रो नम्बरमा वर्षमान पुनमगरलाइ सिफारिस गरेको छ । यस्तै तेस्रो नम्बरमा कुलप्रसाद केसी, चौथो नम्बरमा जयपुरी घर्ती र पाँचौँ नम्बरमा जेन्जी युवा दिपक रोकालाई सिफारिस गरेको हो । रोल्पा रांसीका रोका वाइसिएल रोल्पाको उपाध्यक्ष समेत हुन ।

प्रतिनिधि सभाको समानुपातिक तर्फ भने पहिलो नम्बरमा पूर्व सभामुख कृष्णवहादुर महरालाई सिफारिस गरेको छ । महरालाई खस आर्य क्लष्टरवाट सिफारिस गरिएको हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ दोस्रो नम्बरमा पवित्रा घर्ती मगर सिफारिसमा परेकी छन् ।

घर्ती मगर महिला /जनजाति कलष्टरबाट सिफारिसमा परेकी घर्ती मगर चर्चित लोकगायक समेत हुन । नेकपा एकीकृत समाजवादीबाट पार्टी एकीकरणमा आएकी घर्ती मगर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समेत तत्कालीन नेकपा एकीकृत समाजवादीको पहिलो नम्बर वन्दसूचीमा परेकी थिइन ।

समानुपातिक सूचीको तेस्रो नम्बरमा महिला/दलित/युवाको तर्फबाट गीता नेपाली परेकी छिन । नेपाली पनि नेकपा एकीकृत समाजवादीबाट एकीकरण आएकी हुन । समानुपातिक सूचीको चौथो नम्बरमा भने वावुलाल पुन सिफारिसमा परेका छन् । पुनलाई सहिद परिवार क्लष्टरवाट सिफारिस गरिएको हो ।

सो पार्टीले जिल्लामा एक्लाएक्लै प्रतिस्पर्धा भए आफूहरूहरूले सहजै जित्ने तर अन्य सबै पार्टीहरू आफ्नो पार्टी विरुद्ध मोर्चा वन्दी भए जटिलता थपिने सुझाव समेत दिएको छ । विगतको निर्वाचनमा आफ्नो पार्टीको अवस्था राम्रो रहेको र नयाँ उदयमान पार्टीहरूको अवस्था समेत सामान्य रहेकाले रोल्पामा आफ्नो पार्टीले जित निकाल्ने सक्ने बताएको ।

नेपाली काँग्रेस रोल्पाले यस अघि नै उम्मेदवार सिफारिस गरि सकेको छ । सो पार्टीले आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाका निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेको हो । पार्टी जिल्ला कार्य समितिको बैठकको निर्णय बमोजिम सो सिफारिस गरेको नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

जस अनुसार आगामी फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका महामन्त्री गगन थापा, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुन, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मनोजमणी आचार्य , ज्ञानबहादुर वली र इन्जिनियर डाक्टर मन्दिप सुवेदीको नाम सिफारिस गरेको हो ।

यस्तै प्रतिनिधि सभाको समानुपातिक सूचीका लागी भीम कुमारी वुढागर, पुष्पा श्रेष्ठ, मानबहादुर खत्री र मनिकला राना को नाम सिफारिस गरेको छ । यस्तै आसन्न माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागी अधिवक्ता माधव प्रसाद आचार्य र झक्कुप्रसाद घर्ती मगरको नाम सिफारिस गरेको छ ।

पार्टी महाधिवेशन चुनाव अघि गर्ने की पछि भन्ने विषयमा निर्णय गर्न १ महिना भन्दा लामो समय लगाएको नेपाली काँग्रेसले उम्मेदवार सिफारिस भने अन्य दल भन्दा अगाडी गरेर निर्वाचनमा होमिन तयार रहेको जनाउ दिएको थियो ।

नेपाली काँग्रेस रोल्पाले पार्टी महामन्त्री समेत रहेका प्रभावशाली नेता गगन थापाको नाम एकाएक सिफारिस गरेपछि नेपाली राजनीति वृत्त तातिएको छ । के साँच्चै गगन थापा रोल्पा वाट उम्मेदवार वन्लान भन्ने विषयले चर्चा पाइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?