Butwal Today

गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए

१२ पुष २०८२, शनिबार
अ+
अ-

गुल्मी, १२ पुस ।

गुल्मीमा एक हप्ताको समय अवधिमा १३१ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म  १३१ जनाले राहदानी बनाउँदा छ लाख ८० हजार  रुपियाँ राजस्व संकलन भएको हो ।

यस्तै एक हप्ताको समय अवधिमा  जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता २०८, प्रतिलिपि ११८, नावलक परिचयपत्र तीन , राहदानीको आवेदन संकलन १३१, राहदानी वितरण १२६, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ३७७, राष्ट्रिय परिचयपत्र वितरण ३०२, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३१ भएको छ ।

यस्तै पाँच वटा संस्था नविकरण र एक हातहतियार नविकरणबाट तीस हजार, राष्ट्रिय परिचयपत्रबाट छ हजार पाँच सय गरी कुल सात  लाख १६ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?