Butwal Today

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

११ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गरेका हुन । भेटका क्रममा आउँदो चुनाव, चुनावका लागि बनिरहेको वातावरण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको छ ।

भेटमा एमालेले चुनावका लागि अनुकूल वातावरण बनेमा सहभागी हुने स्पष्ट पारेको छ ।

सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गर्दै चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन प्रतिबद्धता जनाउने प्रयास गरिरहेको छ ।

यसअघि आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहान भेटवार्ता गरेका थिए । साथै, आजै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?