Butwal Today

प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे

११ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ ।

मन्त्री खरेल प्रचण्डलाई भेट्न उहाँकै निवास खुमलटार पुगेका हुन् । भेटमा आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

आजै सञ्चारमन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?